बङ्गलादेशमा विद्यार्थी आन्दोलन थप चर्कियो, एकैदिन ९० जनाको मृत्यु


 


काठमाडौं । बंगलादेशमा विद्यार्थी आन्दोलन थप चर्किएको छ । बङ्गलादेशी प्रदर्शनकारीहरूको सरकार समर्थकहरूसँग हिंसात्मक झडप हुँदा एकैदिन ९० जनाभन्दा धेरैको ज्यान गएको छ ।

लाठी, चक्कु र बन्दुक प्रयोग भएको झडपमा झण्डै दुई सय जना घाइते भएका बीबीसीले जनाएको छ ।

यसअघि सरकारी जागिरमा आरक्षण प्रणालीविरुद्धको विद्यार्थी प्रदर्शन हिंसात्मक हुँदा दुई सयभन्दा धेरैको ज्यान गएको थियो । यो प्रदर्शन प्रधानमन्त्री हसिनाले आफ्नो १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्ति भएको प्रतिक्रिया दिनुभएको थियो ।

विद्यार्थी प्रदर्शनलाई सेनाले केही समयका लागि मथ्थर बनाए पनि सरकार विरोधी प्रदर्शन फेरि चर्किएको छ । प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा रबरको गोली हान्नु परेको अवस्था छ । केही पूर्वसैन्य अधिकारीहरू विद्यार्थी आन्दोलनमा सहभागी भएका छन् ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्