आज साउनको तेस्रो सोमबार, शिवालयहरुमा भक्तजनको घुइँचो


 


काठमाडौँ, साउन २० । आज साउनको तेस्रो सोमबार । सोमबारको ब्रत बस्ने बर्तालुहरुको आज बिहानै पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको हा ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिने भएकाले आज पशुपतिनाथ दर्शनका लागि व्रतालु तथा श्रद्धालुको भीड लागेको हो ।

यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ ।

आजका दिन पशुपति मन्दिरमा मात्रै नभई आजका दिन देशैभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्