सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त


 


धनगढी २० साउन सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल बहादुर हुनुभएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले नेपाली काँग्रेस संसदीय दलका नेता शाहलाई आज मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उहाँलाई काँग्रेस र एमालेको समर्थन रहेको छ ।

शाह यसअघि २०७९ माघ २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यतिबेला उहाँले करिब १४ महिना सरकारको नेतृत्व गर्नुभएको थियो ।

केन्द्रमा काँग्रेस र एमालेको नयाँ सत्ता गठबन्धन बनेपछि शाहलाई दोस्रो पटक प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ ।

मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको चार महिनाभित्रै सत्तामा फर्किनुभएका शाहले बजेट ल्याउने काम सरकारको प्राथमिकतामा रहने बताउनुभयो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा (बहुमत) २७ जना आवश्यक पर्छ । यहाँ काँग्रेसका १८ र एमाले ११ गरि २९ जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्