एमालेभित्र गुटबन्दी स्वीकार्य छैन : प्रधानमन्त्री ओली


 


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनैपनि प्रकारको गुटबन्दी अस्वीकार्य रहेको बताएका छन् ।

पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । पार्टी सिद्धिने कारण नै गुटबन्दी रहेको अध्यक्ष ओलीको भनाई छ।

अध्यक्ष ओलीले भने, ‘डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन् । पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीका कारण हो । हाम्रो पार्टीमा पनि लामोसमय गुटबन्दी थियो । त्यही कारण विभाजन पनि भयो । अब हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य हुन्न ।’

लामो समयदेखि भएको गुटबन्दी रोक्न नसक्दा एमाले विभाजन भएको उनले बताए ।

अध्यक्ष ओलीले लोकतन्त्रका नाममा गुटबन्दी गर्न कसैले उचाल्न सक्ने भएकाले त्यस्ता विचारकोपछि नलाग्न निर्देशन दिए ।

अध्यक्ष ओलीले विनम्रता, शालिनता र कम्युनिस्ट आचार भित्र बस्न पनि केन्द्रीय सदस्यहरूलाई सचेत गराए।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्