शिक्षकहरुलाई अनावश्यक लाञ्छना नलगाऔं : शिक्षामन्त्री भट्टराई


 


पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउन नहुने बताएकी हुन्।

आइतबार पोखरा पुगेकी शिक्षामन्त्री भट्टराईले शिक्षकहरू झोले हुन् भन्ने भाष्य बनाउन नहुने बताएकी हुन्।

उनले लोकप्रियता वादी विचारले मात्र समाजको नेतृत्व गर्न नसकिने स्पष्ट पारिन् ।

शिक्षकहरूलाई कारबाही गर्न ऐनहरू भएकाले ऐनहरू कार्यान्वयन गर्ने कुरामा सरकार दत्तचित्त भएर लाग्न बताइन्।

लोकप्रियता वादी भन्दा नीतिगत र कानुनी रुपमा हिसाबले अगाडि बढ्दा दीर्घकालिन हुने उनको भनाई छ।

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने काम नराम्रो भएको बताईन् ।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्