सेयर बजार : दोहोरो अङ्कको कमी
काठमाडौँ, माघ ११
धितोपत्र बजारमा आज पनि दोहोरो अङ्कले कमी आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार केही दिनयता स्थिरजस्तो देखिएको सेयर बजार आज करिब २५ अङ्कले ओरालो लागेर एक हजार ४३३ बिन्दुमा आइपुगेको छ ।
कुल १३० कम्पनीको आठ लाख ५३ हजार ४६० कित्ता सेयर रु ३८ करोड ५७ लाख १० हजार ६७६ मूल्यमा किनबेच भएको छ । सबै समूहको सेयर ओरालो लागेपछि बजार दोहोरो अङ्कले घटेको हो ।
स्टकका अनुसार बंैकिङ २५.९, होटल १२.३२, विकास बैंक २०.१५, जलविद्युत् ३०.४४, फाइनान्स १८.४१, बिमा १४०.७४ र अन्य समूहको सेयर ६.६५ अङ्कले ओरालो लागेको हो ।
बजारमा सबैभन्दा बढी प्रभु बैंकको साधारण सेयरको किनबेच भएको स्टकले जनाएको छ । सो बैकको रु तीन करोड १८ लाख बराबरको सेयर कारोबार भएको छ ।
यस्तै एसियन लाइफ संस्थापकको रु दुई करोड ३५ लाख र प्रभु बैंक संस्थापकको रु एक करोड ५७ लाख बराबरको सेयर किनबेच भएको छ
प्रकाशित मिति: ११ माघ २०७३, मंगलबार