सत्ता गठबन्धन लामो समयसम्म टिक्ने कांग्रेस नेता निधीको दाबी


 


जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान सत्ता गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन्।

जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै नेता निधीले यस्तो बताएका हुन् ।

नेता निधीले सत्ता गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सांसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएकोले पनि यो गठबन्धन टिकाउ हुने उनले तर्क गरे।

तत्काल गठबन्धन भित्र कुनै किसिमको असन्तुष्टि हुने सम्भावना नरहेको उनको भनाई छ ।

नेता निधीले वर्तमान गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने बताए ।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्