स्वर्णिम वाग्लेलाई बाबुरामले भने – बेलैमा भुल सच्याउनु राम्रो होला


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष स्वर्णिम वाग्लेले दिएको अभिव्यक्ति बेलैमा सच्याउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् वाग्लेलाई अभिव्यक्ति बेलैमा सच्याउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, “‘मन्रो डक्ट्रिन’जस्तो एउटा सार्वभौम देश÷क्षेत्रमा अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन ! नेपालजस्तो दुई ठुला देशको बीचमा रहेको मुलुकनिम्ति त झन् अकल्पनीय कुरा हो ! स्वर्णिम वाग्लेले बेलैमा भुल सच्याउनु राम्रो होला ।”

वाग्लेले एक अभिव्यक्तिमार्फत् भारतले आफ्नो प्रभुत्व जमाउन खोजेको र नेपालले त्यो कुरा बुझिदिनुपर्ने आसयको अभिव्यक्ति दिएपछि विरोध भइरहेको छ ।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्