मर्दी बेसक्याम्पमा मानव अवशेष भेटियो


 


पोखरा, साउन २० । मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष भेटिएको छ ।

समुन्द्री सतहदेखि ४५०० मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मानव अवशेष भेटिएको हो ।

स्थानीय भेडापालक गोविन्द गौतमले निगालो घारीमा मान्छेको दुइवटा हड्डी, टाउजर र आइफोन भेटाएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए ।

लेकमा पानी परिरहेको र मानिसको बस्ती भन्दा धेरै माथि भएकाले भेटिएका मानव अवशेष पोखरा ल्याउन समस्या भएको उनले बताए।

उक्त मानव अवशेष गत डिसेम्बर ३० मा हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको हुन सक्ने आशंका गरिएको छ । पदयात्रामा गएका माइकल मर्दी बेस क्याम्पबाट हराएका थिए ।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्