एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण आज


 


काठमाडौं, साउन २० । नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको आज शपथग्रहण आज हुँदैछ ।

पार्टी सचिवालय बैठकबाट मनोनीत हुनुभएका पार्टीका एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्यहरू तथा १७ केन्द्रीय सदस्य लगायतले आज शपथ लिँदैछन् ।

गत साउन १७ गते बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उनीहरूलाई मनोनीत गरेको थियो ।

उनीरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा शपथ गराउने कार्यक्रम रहेको छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्