कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी


 


काठमाडौँ, साउन २० । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा बढी पाँच गुणा बढी कैदीबन्दी राखिएको पाइएको छ ।

करिब २५ जनाको क्षमता भएको कारागारमा हाल १४५ कैदी बन्दी राखिएको छ । जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल १२३ कैदी र २२ थुनुवा छन् ।

कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन् भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागुऔषधका ६ र सवारी दुर्घटना गराएका तीनजना कैदीबन्दी छन् ।

विसं १९९२ मा २५ जना कैदीबन्दी अटाउने गरी निर्माण गरिएको कारागार तीन रोपनी क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्