सडक दुर्घटनापछि घोराही–तुलसीपुर सडक–खण्ड अवरुद्ध


 


घोराही, साउन २० । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत दाङको घोराही उपमहानगरपालिका–१० सौरीकुलामा शनिवार साँझ भएको दुर्घटनामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरेका छन् ।

दुर्घटनामा घोराही उपमहानगरपालिका–९ मछाही निवासी ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएपछि उनका आफन्तले सडक अवरुद्ध गरेका हुन् ।

दोषीलाई कारबाही र पीडितलाई कारबाहीको माग गर्दै उनीहरूले घोराही–तुलसीपुर सडक अवरुद्ध गरेपछि घोराही–तुलसीपुर सडक खण्डमा सवारी साधन चल्न सकेको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा राती राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

प्रहरीले पश्चिम नवलपरासी निवासी टिप्पर चालक शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर घट्ना बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्