मर्निङवाकमा निस्केका व्यक्तिमाथि बाघको आक्रमण


 


चितवन, साउन २० । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरिरहेका एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ ।

बिहान करिब ५ः२० बजेको समयमा पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनको मुख र हातमा चोट लागेको र स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जानकारी दिएको छ ।

बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरू खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्