टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


 


दाङ, साउन २० । टिपरको ठक्करबाट राति घोराहीमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट शनिबार राति घोराही–९ मछाहीका ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो ।

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० दक्षिण अमराइमा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्