सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोहोरिँदै शाह, आज नियुक्ति हुने


 


धनगढी । सुदूरपश्चिम प्रदेशमा आज (आइतबार) कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुँदैछ ।

मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए ।

केन्द्रमा कांग्रेस एमालेको समीकरण बनेपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति अनुसार आज कांग्रेसबाट कांग्रेस प्रदेश संसदीय दलका नेता कमल शाहले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ ।

को–को थिए मुख्यमन्त्रीका आकांक्षी ?

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि काग्रेसमा तीन जना आकाक्षी देखिएका थिए । प्रदेश सभा सदस्य प्रकाश देउवा र बहादुरसिंह थापा पनि मुख्मन्त्रीका आकांक्षी दिए । तर अन्ततः शाह नै मुख्यमन्त्री बन्ने देखिएको हो । अहिले देउवा र थापा पनि शाहलाई मुख्यमन्त्री बनाउन सहमत भइसकेका छन् ।

जसअनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्री बनाउने गरी तयारी अगाडी बढाउन निर्देशन दिइसकेका छन्।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्