जलविद्युतमा दुई अर्ब ६० करोड प्रतिबद्धता


 


काठमाडौँ, माघ ११

ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा हालसम्म रु दुई अर्ब ६० करोड बराबरको प्रतिबद्धता व्यक्त भएको छ ।

ऊर्जा मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी व्यक्तिगत रुपमा प्रतिबद्धता रकम प्राप्त भएको छ । स्वदेश तथा वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले लगानीका लागि प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालयका अनुसार २५ हजार २०१ जनाले रु दुई अर्ब ६० करोड कुल प्रतिबद्धता जनाएका छन् । संस्थागत रुपमा लगानी प्रतिबद्धता जनाउनेमा २८ संस्था रहेका छन् ।

प्रकाशित मिति: ११ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्