पहिरोले घरसंगै हजुरआमा र नातिनी पुरिए


 


रोल्पा, साउन १९ । रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनी बेपत्ता भएका छन् ।

शुक्रबार राति सुनछहरी गाउँपालिका ४ कामी डाँडामा पहिरो जाँदा ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो ।

प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्