परीक्षाफलप्रति चित्त नबुझ्ने पुनर्योगको माग गर्न सकिने


 


काठमाडौं, साउन १९ । शुक्रबार प्रकाशित भएको कक्षा १२ परीक्षाफलप्रति चित्त नबुझ्ने विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन सक्ने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै पुनर्योगका लागि विद्यार्थीले निवेदन दिन सक्ने जानकारी दिएको हो ।

त्यसका लागि विद्यार्थीलाई आगामी भदौ १ गतेसम्ममा आवेदन .दिन बोर्डले आग्रह गरेको छ । आवेदन अनलाईनमार्फतै गर्न सकिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्