कमला ह्यारिस औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार


 


काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।

ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताइन् । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी छन् ।

कमला ह्यारिस अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रुपमा पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् ।

यदि नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।

राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राख्दै कमला ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेका थिए ।

प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्