अटो रिक्सालाई खोलाले बगाउँदा दुई जना बेपत्ता


 


तुलसीपुर । दाङमा अटो रिक्सालाई खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

शुक्रबार साँझ तुलसीपुर–४ बाट खाद्रेतर्फ जाँदै गरेको अटो रिक्सालाई काला खोलाले बगाउँदा त्यसमा सवार दुई जना बगेर बेपत्ता भएका हुन् ।

अटोमा सवार पाँच जनामध्ये तीन जना सकुसल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्