एमालेबाट स्थायी कमिटी सदस्य थापा पदमुक्त


 


काठमाडौँ, साउन १९ । एमालेले एमाले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ ।

पूर्वमाओवादी पृष्ठभूमि भएका थापालाई पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै एमालेले बिहीबारको सचिवालय बैठकबाट पदमुक्त गरेको हो ।

थापाले भने गत वर्ष नै राजीनामा दिएको अहिले पार्टीले स्वीकृत गरेको बताएका छन् । नेतृत्वको विचार र कार्यशैलीमा सहमत हुन नसकेपछि त्यहाँ बसिरहनुको औचित्य नहुने थापाको भनाइ छ ।

तत्कालीन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि २०७७ पुस १० मा थापालाई खानेपानी मन्त्री बनाएका थिए । सर्वोच्चको आदेशबाट २०७७ फागुनमा एमाले र माओवादी केन्द्र अलगिएपछि थापा एमालेमै रहेका थिए ।

प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्