कति छ आज विदेशी मुद्राको विनिमय दर?


 


काठमाडौँ, साउन १९ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो ।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ ।

बेलायती पाउन्ड १ को खरिद दर १७० रुपैयाँ ४६ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा निर्धारण भएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्