सुनकाे मूल्य निरन्तर उकालाे, अाज पनि बढ्याे भाउ


 


काठमाडाैं, माघ ११

पहेलाे धातु अर्थात सुनकाे मूल्य निरन्तर उकालाे लाग्ने क्रम राेकिएकाे छैन् । मंगलबार फाइन गाेल्डकाे मूल्य प्रतिताेला ५५ हजार सात सय रूपैयाँ पुगेकाेे छ । याे हिजाेकाे तुलनामा एक सयले बढी हाे ।

त्यस्तै स्टाण्डर्ड गाेल्डकाे मूल्य ५५ हजार चार सय रूपैयाँ कायम भएकाे छ । याे मूल्य हिजाेकाे तुलनामा एक सयले नै बढी हाे ।

चाँदीकाे मूल्यमा भने हिजाेकाे तुलनामा कुनै थपघट भएकाे छैन् । चाँदी प्रतिताेला ८ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएकाे छ ।

प्रकाशित मिति: ११ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्