सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि आह्वान


 


कैलाली १८ साउन। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

उहाँले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख मियाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई साउन २० गते बेलुकी ५ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सचिव सैलेशराज ढुङ्गानाले बताउनुभयो । मुख्यमन्त्री दीर्घ बहादुर सोडारी आजै प्रदेश प्रमुख मियाँ समक्ष राजीनामा पत्र बुझाउनुभएको थियो ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्