नवनियुक्त तीन राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


 


काठमाडौं । नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सपथ लिएका हुन्।

सपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री पूर्णवबहादुर तामाङ छन् ।

शपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी थिए । योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्