एमालेले स्थायी कमिटी सदस्य मणि थापा पदमुक्त


 


काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ ।

पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै थापालाई एमालेले पदमुक्त गरेको हो ।

बिहीबार बसेको सचिवालय बैठकले थापालाई पदमुक्त गर्ने निर्णय गरेको थियो । उनले ६ महिनाअघि नै पदबाट राजीनामा दिइसकेका थिए ।

केही समयअघि थापाले एमालेले लिएको राजनीतिक नीतिले अपेक्षा अनुसार नभएकाले विश्राम लिएको बताएका थिए।

उनले पार्टीको काम छाडेर गत वर्ष देशव्यापी जनजागरण अभियान चलाएका थिए ।

थापाको गतिविधिप्रति केपी शर्मा ओली असन्तुष्ट थिए । एमालेको २०७८ मंसिरको चितवन महाधिवेशनले थापालाई स्थायी कमिटी सदस्यमा चयन गरेको थियो ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्