मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन एमाले र कांग्रेसको ह्विप जारी


 


धनगढी । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेका छन्।

आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो।

आज साँझ ४ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन लागेका छन्। दवै दलहरुले उक्त बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्विप जारीगरेका छन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सोडारीले विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ। सुदूरपश्चिममा कांंग्रेसका १८ र एमालेका ११ सांसद छन्।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्