रविमाथि फेरि खनिए मुकुल, भने – ‘रवि लामिछाने क्लब’बाट पार्टीलाई बाहिर ल्याउनुपर्छ


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले पार्टीलाई रवि लामिछाने क्लबबाट अलग गराउन अपिल गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै रास्वपाको कारबाहीमा परेका ढकालले यस्तो बताएका हुन् ।

ढकालले जबाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनुपर्ने बताउँदै लामिछाने क्लबबाट रास्वपालाई बाहिर ल्याउन तीन सुझाव दिएका छन् ।

उनले राष्ट्रियता, पारदर्शिता र जबाफदेहिता तथा वैकल्पिक शक्तिको एककीरण गरेर रास्वपाको आफ्नो अस्तित्व कायम गर्नुपर्ने बताएका छन् ।

ढकाल पछिल्लो समय पार्टीका विभिन्न नेताहरुमाथि खनिदै आएका छन् ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्