महिलाको ज्यान लिने बाघ नियन्त्रणमा लिइयो


 


धनगढी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा महिलालाई आक्रमण गरेर ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको हो ।

बिहीबार बिहान घरनजिकैको खेतबारीमा घाँस काटिरहेकी २६ वर्षीया हिरादेवी शाहको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

बाघलाई नियन्त्रणमा लिनका लागि बिहीबार ४ घण्टासम्मको प्रयास असफल भएपछि आज (शुक्रबार) दोस्रो दिन बिहानैदेखि पुनः हात्तीसहित प्राविधिक परिचालन गरिएको थियो ।

बिहीबार राति निकुञ्जका कर्मचारी र सुरक्षाकर्मी पहरा दिएर उखुबारीनजिकै बसेका थिए ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्