तीनवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?


 


काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने अर्थ समितिमा आज राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गरिनेछ ।

त्यस्तै बिहान ११ः३० बजे सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरिने छ ।

त्यसैगरी, बिहान ११ बजेका लागि बोलाइएको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको गत आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदन माथि छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्