कर्णालीमा सरकारमा जाँदै कांग्रेस, को–को बन्दैछन् मन्त्री ?


 


सुर्खेत, साउन १८ । कर्णाली प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ ।

प्रदेश प्रमुखको पदभार ग्रहणपछि कांग्रेस सरकारमा जान लागेको हो । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले बिहीबार राष्ट्र«पतिबाट शपथ लिएर आज सुर्खेत आउँदै छन् ।

कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले प्रदेश प्रमुखको पदभार ग्रहणपछि आज नै कांग्रेसले सरकारमा सहभागिता जनाउने करिब निश्चित जस्तै रहेको बताए ।

कांग्रेसबाट राजीव विक्रम शाहको नेतृत्वमा घनश्याम भण्डारी, सुरेश अधिकारी र विजया बुढा मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।

कांग्रेसबाट मन्त्री बन्ने चारमध्ये तीन जना संस्थापन पक्षधर छन् भने सुरेश अधिकारी इतर पक्षधर हुन् । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमालेले सम्हालिरहेको छ भने चारवटा कांग्रेसको भागमा परेको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्