मानसिक रोगी महिलामाथि सामूहिक बलात्कार, तीन विद्यार्थी पक्राउ


 


चितवन, साउन १८ । चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जना विद्यार्थीलाई पक्राउ गरेको छ ।

माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत तीन जना विद्यार्थीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका विद्यार्थीहरु चितवन बाहिरका जिल्लाबाट पढ्न माडी आएर बसेका १७, १८ र २१ वर्ष उमेरका छन् । उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङले जानकारी दिए ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्