नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा


 


काठमाडौँ, साउन १८ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

केन्द्रीय कमिटीलाई पूर्णता दिन र कार्यसम्पादनको समीक्षा गर्न बैठक आह्वान गरिएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले गरेको कार्यसम्पादनको समीक्षाबारे आजको बैठकमा छलफल हुने बताइएको छ ।

केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयका अनुसार विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने छ । बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ ।

पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य छन् । केन्द्रीय कमिटीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छ ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्