एमालेद्धारा सातै प्रदेशका इन्चार्जहरुको जिम्मेवारी हेरफेर


 


काठमाडौं । नेकपा एमालेका प्रदेश इन्चार्जहरु फेरिएका छन्।

बिहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा ईन्चार्ज तोकेको हो ।

बैठकले सचिवद्धय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको छ ।

पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन् ।

बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन् ।

कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन् ।

प्रकाशित मिति: १७ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्