सौर्य एयरलाइन्सका पाइलट शाक्यलाई डिस्चार्ज गर्ने तयारी


 


काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई केएमसी अस्पतालले डिस्चार्जको तयारी गरेको छ ।

जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यलाई डिस्चार्ज गर्न केएमसीका चिकित्सकहरूले अनुमति दिएका हुन्।

साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।

जहाजमा १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा क्याप्टेन शाक्यको भने ज्यान जोगिएको थियो।

सेना र प्रहरीले मिलेर उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्‍याएका थिए।

प्रकाशित मिति: १७ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्