यती एयरलाइन्सका पाइलट र कोपाइलटको गम्भीर लापरबाही, ७२ जनालाई बनाइयो प्रयोगशाला


 


काठमाडौं । यती एयरलाइन्सका पाइलट र कोपाइलटले ७२ यात्रु बोकेको विमानलाई प्रायोगशाला बनाउँदा ठूलो दुर्घटना भई मानवीय क्षति भएको खुलासा भएको छ।

२०७९ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाअघिको ककपिट भ्वाइस रेकडर्स (सीभीआरए) सार्वजनिक भएपछि सो तथ्य बाहिरिएको हो ।

७२ जनालाई प्रयोगशाला बनाएको दुर्घटनामा परी मृत्यु भएका पाइलट कमल केसी र कोपाइलट अञ्जु खतिवडाबीच जहाज दुर्घटना हुनुपूर्व भएको कुराकानीको अडियो सार्वजनिक भएसँगै उनीहरूको लापरबाही नै दुर्घटनाको कारण भएको पाइएको हो।

विमान दुर्घटनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगले जहाज दुर्घटनामा चालक दलको कमजोरी रहेको निष्कर्ष निकालेको थियो। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले करिब ९ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो।

जसमा कोपाइलटबाट पाइलट बनाउँदा मापदण्ड पूरा गरे पनि ७२ जनाको ज्यान धरापमा पार्ने गरी परीक्षण गर्न अनुमति दिनु नै गलत भन्ने देखिएको छ। नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: १७ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्