केरल पहिरोमा ज्यान गुमाउनेको संख्या १७८ पुग्यो, उद्धार जारी


 


वायनाड । भारतको केरलस्थित वायनाडमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७८ पुगेको छ ।

गएको मंगलबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७८ पुगेको हो । अझै ९८ जना बेपत्ता रहेको र खोजी कार्य जारी रहेको बताइएको छ ।

पहिरोको असर उक्त स्थानबाट ९० किमि टाढा मलप्पुरम जिल्लाको नीलाम्बर जंगलसम्म देखिएको जनाइएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्