बंगलादेशमा फेरि चर्कियो विद्यार्थी आन्दोलन


 


काठमाडौं, साउन १७ । बंगलादेशमा फेरि विद्यार्थीको आन्दोलन सुरु भएको छ ।

प्रदर्शनका क्रममा पीडितले न्याय नपाएको भन्दै विद्यार्थीले फेरि आन्दोलन सुरू गरेका हुन् । उनीहरुले यसअघि पक्राउ परेकाहरूको रिहाइलाई मुख्य माग बनाएका छन् ।

पक्राउ परेका १० हजार बढीलाई रिहा गर्नुपर्ने उनीहरुको माग छ । पुनः सुरु भएको आन्दोलनमा विद्यार्थी र प्रहरीबीच झडप हुन थालेको छ ।

राजधानी ढाकासहित अन्य शहरमा झडप सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्महरुले जनाएको छ ।

आरक्षण प्रणालीको विरोधमा विद्यार्थीले गरेका आन्दोलनमा २ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्