दुई हजारभन्दा बढीमा डेङ्गी सङ्क्रमण, थप बढ्न सक्ने


 


काठमाडौँ, साउन १७ । देशभर दुई हजारभन्दा बढीमा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।

देशका ७३ जिल्लाका दुई हजार ६१ जनामा डेंगी सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए ।

मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजनन्का लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गी रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरेको उनले बताए ।

उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी काठमाडौँमा दुई सय ४९ जनामा डेङ्गी देखिएको छ ।

यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्