बागमती नदीको पुलबाट खसेर एक जनाको मृत्यु


 


काठमाडौं । गोकर्णेश्वर माकलबारी स्थित बागमती नदीको सानो पुलबाट खसेर एकजनाको मृत्यु भएको छ ।

बुधबार साँझ पुल तर्ने क्रममा लडेर नदीमा खसेर घाइते भएका पुरुषको उपचारको क्रममा नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो । हालसम्म मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकको साथमा भएको डायरी र अन्य कागजको आधारमा नजिकका आफन्तसँग सम्पर्क गर्ने प्रयास गरिरहेको बताएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्