काठमाडौंमा दुई छिमेकीबीच झडप हुँदा एक जनाको मृत्यु, ६ घाइते


 


काठमाडौं, साउन १७ । काठमाडौंको पोडेटोलमा दुई परिवारबीच सामूहिक झडपहुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति भएको झडपका क्रममा ३३ वर्षीय अनित पुजारीको मृत्यु भएकोे जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

धारिलो हतियारसहित भएको झडपमा अन्य ६ जना घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका–१७ मा रहेको पोडेटोलमा बुधबार राति झडप भएको हो ।

घटनामा सुबिन्द्र पोडे, किरण पुजारी, दिनेश पुजारी, माया पुजारी, विक्रम पुजारी र अमृत पुजारी घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा मृत्यु भइरहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्