एमालेको सचिवालय बैठक बस्दै


 


काठमाडौँ, साउन १७ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक आज बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकले विशेषगरि नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ ।

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्