खोला तर्ने क्रममा आमाको हातबाट फुत्किएर बगेका बालकको मृत्यु


 


नुवाकोट, साउन १७ । नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित पिप्लेका एक बालकलाई बुधबार खोलाले बगाउँदा मृत्यु भएको छ ।

सोही स्थानमा रहेको चेपिण्डे खोला तरेर खेतमा जाने क्रममा आमाको हातबाट फुत्किएर ६ वर्षीय विक्रम लामिछाने खोलामा बगेका हुन् ।

खोला तर्नेक्रममा लड्न पुगेकी आमा बीना भण्डारी लामिछानेले छोरालाई बचाउन प्रयास गरे पनि तत्कालै उद्धार गर्न नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाले बगाएर दुई सय मिटर तल पुर्याएपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उद्धारका क्रममा नै बालकको घटनास्थलमा निधन भएको हो ।

उनका अनुसार शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्