बालिका बलात्कारको आरोपमा रुकुमबाट तीन जना पक्राउ


 


रुकुम । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुकुम पश्चिमबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।

​ उनीहरूलाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित​ एक ​होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्