एयर होस्टेजमाथि दुर्व्यहार गरेको आरोपमा युवक पक्राउ


 


कैलाली । धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको विमान उडानका क्रममा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१ का शिवराज ओझा रहेका छन् ।

उनले मंगलबार साँझ ४ बजेको काठमाडौं-धनगढी उडान नम्बर २२५ मा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा छ ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

काठमाडौंबाट ढिलो गरि उडेको श्रीएयरको विमान साँझ ५ बजेर ५० मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।

प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्