बल्खुको तरकारी बजार नजिकै एक जना मृत फेला


 


काठमाडौं, साउन १६ । बल्खुमा एकजना पुरुषको शव फेला परेको छ ।

काठमाडौं महानगरपालिका–१४ स्थित तरकारी बजार नजिकै शव भेटिएको हो ।

तरकारी बजार नजिकै शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव भारी बोक्ने भरियाको हुन सक्ने प्रहरीको आशंका छ ।

बाढीमा परेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ । मंगलबार रातिको भारी वर्षाका कारण बल्खुको तरकारी बजार डुबानमा परेको छ ।

प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्