बेँसीसहर–चामे सडक अवरुद्ध


 


काठमाडौं, साउन १६ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

मंगलबार रातिदेखिको निरन्तरको वर्षाले यो सडकखण्ड अवरुद्ध बनेको हो ।

यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केही वर्ष अघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको प्रहरी निरीक्षक थानेश्वर चपाईँले बताए । हो ।

सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीय आवत जावतमा समस्या भएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्