एमाले केन्द्रीय कार्यालय डुबानमा


 


काठमाडौँ, साउन १६ । नेकपा एमालेको केन्द्रीय कार्यालय डुबानमा परेको छ ।

मंगलबार रातिदेखि परेको अविरल वर्षापछि मनोहरा नदीमा उर्लिएको बाढी च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो ।

एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयमा फेरि बाढी भन्दै सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गरेका छन् ।

अविरल वर्षाले काठमाडौं उपत्यकाका अधिकांश खोलामा पानीको सतह बढेको छ । नदीमा जलसतह बढेपछि सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्