भोजपुरमा हाइड्रोमा कार्यरत २ जना मजदुर बाढीमा बगेर बेपत्ता


 


विराटनगर, साउन १६ । भोजपुरको सिल्पा सिलिचो गाउँपालिकामा इर्खुवा खोलामा आएको बाढीमा दुई जना बेपत्ता भएका छन् ।

राति १ बजे तिर आएको बाढीले इर्खुवा हाइड्रो निर्माणमा खटिएका दुई जना कामदारलाई बगाएर बेपत्ता बनाएको हो ।

खोजीका लागि घटनास्थलमा प्रहरीको टोली गएको प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताए । उनका अनुसार हराएका मजदुरको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्