भोजपुरमा चार सय ९५ विद्यार्थी उत्तिर्ण
भोजपुर असार ४
भोजपुरमा चार सय ९५ जना विद्यार्थी पास भएका छन् । एक सय ७७ जना प्रथम श्रेणी ३११ दोस्रो र ७ जना तेस्रो श्रेणीमा पास भएका हुन् ।
गत वर्षको तुलनामा यो वर्षको नतिजामा केही प्रतिशत भने बढेको छ। यो वर्ष नियमिततर्फ परीक्षामा दुई हजार सात सय ५२ परीक्षार्थी सामेल थिए ।
यो १७.९८ प्रतिशत हो । गत वर्ष १२.२९४ प्रतिशत मात्र नियमिततर्फका विद्यार्थी उत्तीर्ण भएका थिए। यो वर्ष आंशिकतर्फ एक सय २१ जना विद्यार्थी उत्तीर्ण भए।
प्रकाशित मिति: ४ असार २०७२, शुक्रबार